मुख धुँदा लापरवाही गरे बिग्रिन सक्छ अनुहार

विराटनगर, ८ माघ । बिहान उठेर सबैभन्दा पहिला मुख धुने बानी सबैको हुन्छ । दैनिक रूपमा पटक–पटक गरिने सानो काममा जानी नजानी गल्ती गरिरहेका हुन्छौँ ।

त्यस्तै, मुख धुने क्रममा गरिने सानो गल्तिका कारण अनुहार बिग्रिरहेको हामीलाई पत्तो पनि हुँदैन ।

दैनिक रूपमा मुख धुँदा कस्तो पानीले मुख धुने, के प्रयोग गर्ने, कसरी धुने, कुन प्रक्रियाबाट मुख धुने भन्ने कुरा कहिल्यै पनि राम्ररी सोचेका हुँदैनौं ।

सानो सानो कारणले गर्दा हामी आफैँ आफ्नो अनुहार बिगारिरहेका हुन्छौं ।

अनुहार बिग्रिसकेपछि मात्र हामी बिग्रिएरको अनुहारलाई कसरी राम्रो बनाउने भन्नेतिर सोच्न थाल्छौं र अनेकौं उपायहरू खोज्न थाल्छौं ।

नजानेर गरेका गल्तीका कारणले छालामा नकारात्मक असर परिरहेको हुन्छ ।

मुख धुँदा सावधानी नअपनाएको खण्डमा अनुहारमा विभिन्न छालाका रोगहरू निम्तिन थालछन् ।

अनुहारलाई चाहिनेभन्दा बढी धुनु हुँदैन । अनुहार धुँदा चिसो पानीभन्दा पनि हल्का मनतातो पानीको प्रयोग गर्नु राम्रो हुन्छ ।

अनुहार धुँदा साबुनको प्रयोग गर्नु हुँदैन । साबुनले अनुहारको तेललाई सोछेर अनुहारलाई सुख्खा र निखारविहिन बनाउँछ ।

फेसवासको प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता उत्पादन गुणस्तर भए पनि यसलाई अनुहारमा धेरै बेरसम्म रगड्नु हुँदैन र धेरबेरसम्म अनुहारमा छोड्न पनि हुँदैन ।

यसो गर्दा उत्पादनमा भएको केमिकलले अनुहारको त्वचामा नकारात्मक असर पार्छ ।

अनुहार सफा गर्दा हतार गर्नुभन्दा पनि राम्रोसँग अनुहारको हेरविचार गरेर सफा गर्नुपर्छ ।

अनुहारलाई हानि गर्ने तथा गोरो पार्ने क्लिनर तथा जतिसुकै आकर्षक भएको उत्पादनको प्रयोग डाक्टरको सल्लाहविना कहिल्यै पनि प्रयोग गर्नु हुँदैन ।

मुख धुँदा र पुछ्दा अनुहारलाई कहिले पनि रगड्नु हुँदैन ।

यसरी रगडेमा अनुहारको छाला निस्किन सक्ने सम्भावना अधिक रहन्छ ।

अनुहारलाई सफा कपडाले बिस्तारै पुछेर छाला सुख्खा हुन नदिनका लागि मोइस्चराइजिङ क्रिमको प्रयोग गर्नु पर्छ ।

हरेक दिन बाहिर जाँदा सन्सक्रिमको प्रयोग गर्नु आवश्यक हुन्छ ।

मेकअपको प्रयोग गरिएको छ भने सुत्नअगाडि अनुहारलाई राम्रोसँग धुएर सफा गरेर मात्र सुत्नु पर्छ ।

Loading...