ट्रम्पमाथिको महाअभियोग : माथिल्लो सदनमा सुनुवाई सुरु

विराटनगर, ८ माघ । अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगमा संसदको माथिल्लो सदनमा सुनुवाई सुरु भएको छ ।

सीनेटमा बहुमत प्राप्त रिपब्लिकन पार्टीका नेता मिच म्याककोनेल मुख्य गवाही तथा दस्तावेजलाई रोक्न खोजिरहेका छन् ।

तर डेमोक्रेट्सले भने यसो गरे घटनामा पर्दा लाग्ने भन्दै महाअभियोग सम्बन्धि सुनुवाई गर्ने नियम नै फेरबदल हुनु पर्ने बताउँदै आएको छ ।

राष्ट्रपति ट्रम्पमाथि यूक्रेनको मामलामा शक्तिको दुरुपयोग गरेको आरोप छ । राष्ट्रपति ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।

सीनेट सदस्यले निष्पक्ष न्यायाधीश जस्तै छानबिन गर्ने सपथ लिएका छन् ।

सुनुवाई हप्तामा ६ दिन र दैनिक ६ घण्टा हुने छ ।

महाअभियोगको सुनुवाई अमेरिकाका मुख्य न्यायाधीशको उपस्थितीमा भइरहेको छ ।

Loading...