पत्रपत्रिकामा प्रदेश : आईसीपी सञ्चालनमा आउन अझै एकसाता लाग्ने

विराटनगर ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन गरेका छन् ।

उनीहरुले हिजो उद्घाटन गरेपनि आईसीपी सञ्चालनमा आउन भने अझै एकसाता लाग्ने देखिएको छ ।

रानी भन्सार कार्यालय सारेर बुधनगरमा रहेको आईसीपीबाट काम सुरु हुन एक साता लाग्ने भएको हो ।

जसबाट समयमै आयात निर्यात गर्न सकिने र सिमन्त क्षेत्रमा सवारीको चाप पनि कम हुने विश्वास गरिएको छ ।

आईसीपी पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै एकसाता लाग्ने नेपाल इण्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक तथा उद्योग वाणिज्य मन्त्रालयका सचिव नवराज ढकलले बताए ।

यो समाचारलाई ब्लाष्ट टाइम्सले मुख्य खबर बनाएर छापेको छ ।

आईसीपी उद्घाटन भएको समाचारालाई नै उद्घोष दैनिकले पनि मुख्य समाचार बनाएको छ ।

उद्घोष दैनिकमा हिउँदे अधिवेशनमा औद्योगिक व्यवसायी ऐन ल्याउने उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले बताएको खबर छापिएको छ ।

मंगलबार प्रदेशसभाको उद्योग, पर्यटन वन तथा वातावरण समितिले आयोजना गरेको अन्र्तक्रियामा बोल्दै मन्त्री विश्वासले हिउँदे अधिवेशनमा प्रवेश गराउने गरी तयारी भइरहेको बताए ।

विधेयक तर्जुमा भइरहेको उनको भनाइ छ । राज्यमन्त्री विश्वासले उद्योग व्यवसायको क्षेत्रमा सकरात्मक परिवर्तन विश्वास गर्न समेत उनले आग्रह गरे ।

झापा उद्योग वाणिज्य संघका अध्इक्ष टीकाराज ढकालले उद्योगीहरुलाई उद्योग स्थापना गर्न जग्गा प्राप्तीको प्रकृया सहज हुनु पर्ने बताए ।

कान्तिपुर दैनिकमा वन उपभोक्ताको निःशुल्क स्वास्थ्य बिमा शिर्षकमा खबर छ ।

मोरङका केही सामुदायिक वनले विपन्न वर्ग र स्वास्थ्य उपचारको पहुँच बाहिर रहेका सदस्यहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिदिन थालेका छन् ।

मोरङको बेलबारीमा रहेको बागदेवी र रमिते सामुदायिक वनले ६० परिवारको निशुल्क बिमा गरिदिएका हुन् ।

कान्तिपुर दैनिकमै मन्त्री थपिए असन्तुष्टि बढ्यो शिर्षकमा प्रदेश १ को समाचार छ ।

पार्टी एकतालाई असर गर्ने गरी मुख्यमन्त्री शेरधन राईले एकलौटी गरेको आरोप लगाइएको छ ।

मन्त्री छनोट र लोकसेवा आयोगको पदाधिकारी नियुक्तिमा मुख्यमन्त्री राईले एकलौटी गरेको पूर्वमाओवादी पक्षहरुले आरोप लगाएका हुन् ।

Loading...