प्रेरक प्रसंग : भ्यागुताको कथा

एउटा भ्यागुता एकदिन यता उता उफ्रिरहेको थियो । नजिकै रहेको एउटा गाई गोठ वरिपरि घुमिरहेको थियो ।

यताउति डुलडाल गरिरहेको ऊ अचानक दूध राखेको अलि गहिरो भाँडामा खस्न पुग्यो ।

जब ऊ त्यो भाँडामा तैरिएर उफ्रिएर बाहिर निस्कन खोज्यो तब उसले थाहा पायो कि त्यो भाँडा त सोचेभन्दा गहिरो छ ।

उसले आफ्नो पछाडिको खुट्टा तन्कायो, अगाडिको खुट्टा तन्कायो, यता घुम्यो, उता घुम्यो । तर अहँ ऊ त्यहाँबाट बाहिर निस्कन असफल नै भयो ।

तर उसले भाँडाबाट बाहिर निस्किएरै छाड्ने विचार गर्‍यो र संघर्ष गरि नै रह्यो ।

उसले लगातार कोशिस गरिह्यो, यता घुम्यो उता घुम्यो, यता हान्थ्यो उता हान्थ्यो गर्दा गर्दा निकै समय बित्यो ।

यसो गर्दा गर्दै त्यो दूध ठूलो नौनीको डल्लोमा परिणत भयो ।

लगातारको उफ्राइले त्यो नौनी सारो पनि बन्न पुगेको थियो । त्यसपछि भ्यागुता त्यो नोनीको डल्लोमा टेकेर उफ्रिएर बाहिरियो ।

जीवनमा जस्तोसुकै समस्या आए पनि कहिल्यै हार नमान्नु अनि भाग्न नखोज्नु ।

Loading...