हिसान स्मोर्टस् मिटमा कोशी, एभरेष्ट, सिटी र अरनिको विजयी

विराटनगर, ७ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत मंगलबार भएको खेलमा कोशी क्याम्पस एभरेष्ट पथरी, एभरेष्ट कलेज, सिटी कलेज र अरनिको कलेज विजयी भएका छन् ।

आज भएको क्रिकेटमा कोशी क्याम्पसले जित हात पारेको छ । पहिलो खेलमा कोशी मल्टीपल कलेजले कोबास कलेजलाई १ सय २६ रनको विशाल अन्तरले पराजित गरेको छ ।

त्यसैगरी दोस्रो खेलमा एभरेष्ट कलेज पथरीले विद्या भुमि कलेजलाई ६७ रनले पराजित गरेको छ ।

फुटबलमा एभरेष्ट कलेज, सिटी र अरनिको कलेज विजयी भएका छन् ।

पहिलो खेलमा एभरेष्ट कलेजले विद्या भुमी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको म्यान अफ द म्याच एभरेष्टका एल्सन राजभण्डारीले तीने गोल गरेका छन् ।

दोस्रोे खेलमा सिटी कलेजले सिर्जना कलेजलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

खेलको म्यान अफ द म्याच सिटीका सन्तोष श्रेष्ठले ४ गोल तथा भुपेन्द्र खवासले १ गोल गरेका छन् ।

सिर्जनाका अनिष चौधरीले १ गोल गरे ।

Loading...