‘सेल्फी किङ’को ‘ जिन्दगीको के छ र भर…’ सार्वजनिक (भिडियोसहित)

भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ‘जिन्दगीको के छ र भर…’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत फिल्मको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

सुभाष भुषालको संगीत रहेको गीतमा सुरज गैरेको शब्द तथा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ ।

सार्वजनिक गीतमा शब्द र भाव निकै मार्मिक छन् ।

एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको देखाइएको छ ।

काठमाडौँदेखि सोलुखुम्बुसम्म गरेको यात्रा र त्यस बेलामा आउने विभिन्न अवस्थाहरूको कथालाई फिल्ममा उतारिएको छ ।

विशाल सापकोटाको निर्देशनमा तयार भएको फिल्ममा विपिनका साथ लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म माघ २४ गते प्रदर्शनमा आउने भएको छ ।

फिल्मलाई दिनेश राउत र सुभाष थापाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Loading...