टोकियो ओलम्पिक : नेपाली टोलीको पूर्वअभ्यास शिविर जापानमा

काठमाडौं, ७ माघ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीको पूर्वअभ्यास शिविर तोकोशिमा प्रिफेक्चर जापानमा गरिने भएको छ ।

नेपालका तर्फबाट कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र तोकोशिमाका तर्फबाट कोमानो इजुमिफ ले सोमबार हस्ताक्षर गरेका छन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको सहभागितामा भएको कार्यक्रममा पौडीबाट अशोकरत्न बज्राचार्य र आर्चरीबाट दीपकराज गुरुङले हस्ताक्षर गरे ।

कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको खेलकूद विकासमा जापान सरकारको महत्वपूर्ण भूमिका रहेको बताए ।

अध्यक्ष श्रेष्ठले भ्रमण वर्षमा नेपालका विभिन्न सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रको भ्रमणका लागि जापानी नागरिकलाई आग्रह गरेका छन् ।

Loading...