सावित्रा र अनिता लिग खेल्न भारत प्रस्थान

काठमाडौं, ७ माघ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेत भारत प्रस्थान गरेका छन् ।

भारतीय महिला लिग फुटबल खेल्नका लागि सावित्रा र अनिता मंगलबार भारत प्रस्थान गरेका हुन् ।

सावित्रा र अनिताले अघिल्लो सिजन पनि लिग खेलेका थिए । गत वर्ष सावित्रा र अनिता दुवैले सेथु फुटबल क्लबबाट खेलेका थिए ।

तर नयाँ सिजन सावित्राले क्लब परिवर्तन गरेकी छन् । उनले सेथुलाई छाड्दै गोकुलमबाट नयाँ सिजन खेल्ने छिन् ।

चौथो संस्करणको भारतीय महिला लिग फुटबल आउँदो शुक्रबार बैंग्लोरमा सुरु हुँदैछ ।

Loading...