कुटपिटबाट वृद्धको मृत्यु

उदयपुर, ७ माघ । उदयपुरमा कुटपिटबाट वृद्धको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–१० राम्चेका ६६ वर्षीय बलबहादुर सुनुवारको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

सोमबार राति ९ बजेको समयमा स्थानीय ४४ वर्षीय केबलबहादुर सुनुवार र मृतकबीच सामान्य विवाद भई कुटपिटसमेत हुँदा बलबहादुर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो ।

कुटपिट गर्ने केबल बहादुरलाई इलाका प्रहरी कार्यालय कटारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...