रक्तश्राव भएमा माछाको तेल फाइदाजनक

विराटनगर, ७ माघ । माछा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

संसारमा हजारौं प्रजातिका माछाहरू पाइन्छन् । आफूभित्र ओमेगा ३ फैटी एसिड उत्पादन गर्न सक्ने माछाको सेवनले तथा माछाको तेलको सेवनले शरीरमा फाइदा पुर्‍याउँछ ।

साल्मन, ट्राउट, सारडाइन, टुना, हैलिवट नामक माछाको तेलमा प्रसस्त मात्रामा ओमेगा ३ फैटी एसिड पाइन्छ ।

माछाको तेलमा ओमेगा ३ फैटी एसिड, भिटामिन, खनिज, प्रोटिन, अल्फा लिनोलेनिक एसिड र गामा लिनोलेनिक एसिड पाइन्छ ।

माछाको तेल खानाले मुटुको रोग, रक्तचाप, पिसाब तथा मृगौलासम्बन्धी रोग, डिप्रेसन, मधुमेह, पेटसम्बन्धी रोग, आँखामा हुने सुख्खापन जस्ता समस्याहरूमा लाभदायक मानिन्छ ।

साथै, माछाको तेलले अपरेसन अर्थात् सर्जरी गर्दा निस्किने रगतको मात्रा पनि कम गर्छ ।

हालै गरिएको अध्ययनले सर्जरी गर्दा अत्यधिक रक्तश्राव भएमा माछाको तेलले समस्या समाधान गर्ने तथ्य पत्ता लागेको छ ।

यसअघि सम्म सर्जरी गर्नुअगाडि माछाको तेलको प्रयोग गर्न चिकित्सकहरूले प्रतिबन्ध लगाउँदै आएका थिए ।

तर, अध्ययनले माछाको तेलमा पाइने ओमेगा ३ फैटी एसिडले रक्ताश्रावलाई नियन्त्रण गरे गरेको पाइएको छ ।

१ हजार ५ सय १६ जनामा गरिएको अध्ययनमा रगतमा हुने ओमेगा ३ ले उच्च मात्रा ईपीए र डीएचए मिलाएर अत्यधिक रक्ताश्राव हुनबाट जोगाउने गरेको पाइएको हो ।

अध्ययनमा संग्लग्न गरिएका व्यक्तिहरूको कार्डिएक सर्जरी हुँदै थियो ।

जसमध्ये आधालाई ओमेगा ३ खान दिइएको थियो भने आधालाई अन्य औषधि दिइएको थियो ।

ओमेगा ३ दिइएको व्यक्तिहरूलाई अन्यको तुलनामा अप्रेसन गर्दा थोरै पिन्ट रगत मात्र आवश्यक परेको अध्ययनले निष्कर्ष निकालेको छ ।

Loading...