चीनको पुष्टि : मान्छेबाट मान्छेमा सर्न सक्छ कोरोना भाइरस

विराटनगर, ७ माघ । चीनमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढ्दै गएको र यसले महामारीको रूप लिन थालेको छ ।

हालै गरिएको चिनियाँ अनुसन्धानले कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने पुष्टि गरिसकेको छ ।

कोरोना भाइरसका कारण चीनमा हालसम्म तीन जनाको ज्यान गइसकेको २ सयभन्दा बढी अस्पताल भर्ना भएका छन् ।

रहस्यमयी स्वासप्रश्वास भाइरसको रूपमा लिइएको कोरोना यसअघि जनावरबाट मानिसको सरेको पत्ता लागेपनि उक्त भाइरस मान्छेबाट मान्छेमा सर्छ वा सर्दैन भन्ने पत्ता लगाउन सकिएको थिएन ।

तर, नेसनल हेड कमिसनका प्रमुख झोङ् नासाङले भाइरस मान्छेबाट मान्छेमा सर्ने पुष्टि गरेका छन् ।

यो भाइरस दक्षिण कोरिया, जापान र थाइल्याण्डमा समेत देखापर्न थालेको छ ।

कोरोना भाइरस पहिलोपटक चीनको वुहानमा देखिएको थियो ।

चीनका स्वास्थ्य आयोगले कोरोना भाइरसको अनुसन्धान गठन गरी दुई वटा घटना मान्छेबाट मान्छेमा सरेको पाइएको जनाएका छन् ।

वुहान गएर फर्केर आएका व्यक्तिको घरका दुई सदस्यलाई कोरोना भाइरस देखा परेको थियो भने १४ जना चिकित्सक कर्मचारीहरूमा समेत भाइरस देखापरेको छ ।

निमोनियाजस्तै रहेको यो भाइरस मान्छेबाट मान्छेमा समेत सर्ने पुष्टि भएपछि चीनको लुनार नयाँ वर्षमा भ्रमणको योजना बनाइरहेका मानिसहरूलाई उक्त भाइरस छिटो फैलनसक्ने अनुमान गरिएको छ ।

Loading...