बुढ्यौली उमेरमा चिया डिप्रेशनको औषधी !

बुढेसकाल लाग्दै जाँदा अधिकांश मानिसहरूमा देखापर्ने प्रमुख समस्या डिप्रेशन हो । ६० वर्ष उमेर पार गरेका करिब ७ प्रतिशतलाई मानिसलाई डिप्रेशन हुने गरेको अध्ययनले देखाएको छ ।

बुढेसकालमा आनुवंशिकता, सामाजिक तथा आर्थिक हैसियत, परिवारका सदस्यको व्यवहार, जीवनसाथीसँगको सम्बन्ध र समाजको अवस्थाले डिप्रेशन निम्त्याउने गर्छ ।

नेशनल युनिभर्सिटी अफ सिंगापुर र सांघाईको फुदान युनिभर्सिटीले गरेको अध्ययनले बुढ्यौली उमेरका नियमित रुपमा चिया पिउने बानीले डिप्रेशन हटाउन सक्ने देखाएको छ ।

बुढेसकालमा मानसिक स्वास्थ्य र चिया पिउने बानी बीचको सम्बन्धका बारेमा निष्कर्षमा नपुगे पनि नियमित रुपमा चिया पिउने बृद्धबृद्धाहरूमा डिप्रेशनको समस्या कम हुने देखिएको थियो ।

बीएमसी जेरियाटिक्समा प्रकाशित अध्ययनको खोजले पनि बुढेसकालमा डिप्रेसन र नियमित चियाको सेवन बीच बलियो सम्बन्ध हुने देखाएको छ ।

त्यस्तै एजिंगमा प्रकाशित नेशनल युनिभर्सिटी अफ सिंगापुरको अर्को अध्ययनले पनि चियामा हुने तत्त्वहरुले मानिसको मस्तिष्कको कार्यलाई स्वस्थ राखी डिप्रेशन कम गर्न सक्ने देखाएको थियो ।

चियामा हुने क्यातेचिन, एल–थियानिन र क्याफिनले मानिसको मुडमा, मस्‍तिष्कको कार्यक्षमतामा, मुटुको स्वास्थ्यमा, क्यान्सरको प्रतिरोधमा र मृत्युदरमा सकारात्मक असर गरेको पाइएको छ ।

सन् २००५ देखि २०१४ को बीचमा चिनमा १३ हजार व्यक्तिहरूमा गरिएको अनुसन्धानले चिया पिउने बानीले बुढ्यौली उमेरमा (अझ ६५ देखि ७९ वर्षका पुरुषहरूमा) डिप्रेशन घटाउने बारेमा पर्याप्त मात्रामा सम्बन्ध फेला परेको छ ।

Loading...