दुई पटक जेल परेका थिए बिल गेट्स

विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा संसारकै सबैभन्दा धनी व्यक्ति विलियम हेनरी ‘बिल’ गेट्स एउटै कारणले दुई पटक जेल परेका थिए ।

सन् १९७५ र सन् १९७७ मा उनी दुई पटक जेल परेका हुन् । २९ अप्रिल १९७५ मा अत्यधिक स्पिडमा बिना लाइसेन्स गाडी कुदाएका कारण उनी पक्राउ परेका थिए ।

त्यसपछि १३ डिसेम्बर १९७७ मा न्यूमेक्सिकोको रेडलाइट क्रस गरेको र फेरी पनि बिना लाइसेन्स कार चलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

एक दसक पछि सन् १९८९ मा उनी मादक पदार्थको सेवन गरि गाडी चलाएको कारणले पक्राउ परेको बताइएको थियो ।

युवा उमेरमा बिलको ड्राइभिङ्ग रेकर्ड राम्रो नभएको बताइएको छ । ६४ वर्षिय गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति छ ।

धेरै सम्पति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिस जस्तै आफ्नो जीवन चलाइरहेका छन् ।

Loading...