चाणक्यका यी पाँच प्रेरक भनाइ

चाणक्य वा कौटिल्य (वा कौटल्य) (लगभग इसा पूर्व ३७०–२८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनले नन्द वंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए । उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए ।

  • ज्ञानभन्दा ठूलो अर्को कुनै गुरु हुँदैन ।
  • गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नु हुँदैन ।
  • जो अरुको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
  • चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसैगरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
  • भोको भए पनि बाघले घास खाँदैन ।

Loading...