दक्षिण कोरियामा पनि कोरोना भाइरसको सङ्क्रमण

सोल, ६ माघ । चीनको वुहान सहरमा पहिलो पटक देखिएको ‘कोरोना भाइरस’ को सङ्क्रमण दक्षिण कोरियामा पनि भेटिएको छ ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोना भाइरस’ पुष्टि भएको हो ।

अस्पतालमा अन्य विरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ ।

यो रोगको सङ्क्रमण जनवरीको सुरूमा वुहानबाट पत्ता लागेको थियो । यो जिवाणु सङ्क्रमित बिरामी निमोनिया र अन्य श्वासप्रश्वाससम्बन्धी समस्या भएजस्तै देखिने गर्छ ।

यसैबीच चीनमा ‘कोरोनो भाइरस’का कारण सोमबारसम्म तीन जनाको मृत्यु भएको छ । चीनले करिब १ सय ४० जनामा यो यो रोगको संक्रमण देखिएको पुष्टि गरेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको जनाए ।
यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य सहरमा पनि फैलिएको पुष्टि भएको छ ।

यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए ।

Loading...