अमेरिकी गोलीकाण्डमा दुई जनाको मृत्यु

ह्यूस्टन, ६ माघ । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतबार राती भएको एक गोलीकाण्डमा दुई जना मारिएका छन् ।

घटनामा पाँच जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

सान एन्टोनियोका प्रहरी प्रमुख विलियम म्याकमानुसले सञ्चार माध्यमलाई बताएअनुसार दुई समूहबीच भएको झगडामा एकजना व्यक्तिले बन्दुक निकालेर गोली हान्न सुरु गरेका थिए ।

विवाद सुरु भएपछि नै परिस्थिति जटिल बनेको र प्रहरीले गोली चलाउने व्यक्तिको खोजी गरिरहेको विलियमले बताए ।

Loading...