प्रेमीसँग म्यूजिक भिडियोमा देखिँदै साम्राज्ञी

विराटनगर, ६ माघ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एक म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । साम्राज्ञीले आफ्नो प्रेमी देवांशजंगबहादुर राणासँग म्यूजिक भिडियोमा काम गरेकी हुन् ।

साम्राज्ञी आफ्नो औपचारिक इन्सटाग्राममा प्रेमीसँगको तस्बिर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको जानकारी दिएकी छन् । यी दुईले साम्राज्ञीकी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतको भिडियोमा प्रस्तुति दिएका छन् ।

गीत छिट्टै नै सार्वजनिक हुने छ । साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश र परिवारसँग समय बिताइरहेकी छन् । उनले आफ्नो प्रेमीसँगका धेरै फोटोहरू सेयर गरिरहेकी हुन्छिन् जसकारण उनी पटकपटक चर्चामा आइरहेकी हुन्छिन् ।

साम्राज्ञी अभिनित यो वर्ष ‘रातो टीका निधारमा’ र ‘मारुनी’ प्रदर्शनमा आए । तर, दुवै फिल्म बक्सअफिसमा सफल हुन सकेनन् । त्यसैले पनि होला उनले अहिलेसम्म पनि कुनै फिल्म साइन गरेकी छैनन् ।

Loading...