विश्वकै कालो बच्चाको फोटो भाइरल

एजेन्सी, ६ माघ । यद्यपि एउटै संसारमा रहेपनि यहाँ रहने व्यक्तिहरूको छालाको रंग, जात, धर्म फरक हुन्छ । हामीले जस्तो देखेपनि हाम्रो विविधतालाई अंगालेर अघि बढ्नुपर्छ ।

अहिले सामाजिक सञ्जालमा एउटा बच्चाको फोटो निकै भाइरल भएको छ । कालो वर्णको बच्चा जन्मनु स्वाभाविक नै हो । तर, गाडा कालो रङ्गको बच्चा जन्मिएपछि धेरै मानिसको चासोको विषय बनेको छ ।

भाइरल भएको बच्चाको तस्बिरमा बच्चाको छाला निकै नै कालो देखिन्छ । आफैँमा कीर्तिमान भएको कारणले बच्चाको नाम विश्वकै कालो बच्चाको नाममा दर्ता भएको खबर छ ।

बच्चाको छाला मात्र नभएर आँखा पनि पूरै कालो छ । अधिकांश मानिसहरूलाई यो तस्बिर नक्कली लागेको छ । धेरैले फोटोलाई गुडिया भनेका छन् भने कत्तिले फोटोलाई फोटो इडिटिङ एपको प्रयोग गरेर कालो बनाइएको बताइएको छ ।

साथै, अर्को फोटोमा त्यहि बच्चा अलिक ठूलो देखिएको छ । तर, भाइरल भएका यी फोटो सक्कली हो कि नक्कली भनेर पुस्टि गरिएको छैन ।

Loading...