यस्तो छ विश्वकै धनी व्यक्ति बिल गेट्सका दुई हस्ताक्षरको अर्थ

एजेन्सी, ६ माघ । माइक्रोसफ्ट कम्पनीका संस्थापक विल गेट्स संसारकै धनी व्यक्ति हुन् । गेट्सका दुई हस्ताक्षरहरू छन् र उनी दुवैको प्रयोग पनि गर्छन् । अमेरिकी आर्थिक पत्रिका ‘विजनेश इन्साईडर’ले गेट्सका दुवै हस्ताक्षरको विश्लेषण गरेको छ ।

पहिलो हस्ताक्षर

हस्ताक्षरमा जुन तरिकाले ‘टि’ लेखिएको छ त्यसले गेट्स निर्धक्क छन् भन्ने बुझिन्छ, त्यसमा बनेको खुल्ला लुप (अक्षर लेख्दा बन्ने आकृति) ले उनी आफ्नो आलोचनाप्रति ज्यादै संवेदनशील रहने देखिन्छ ।

बन्द गरिएका अङ्ग्रेजी ‘एल’ अक्षरले उनी ‘आकाशको फल आँखा तरि मर’ प्रवृतिको मानिस हैन भन्ने प्रस्ट्याउँछ । गेट्सको हस्ताक्षरले उनी आफ्नो वरिपरि भएको वास्तविक घटनालाई सुक्ष्म रूपमा विश्लेषण गर्न सक्ने मानिसको रूपमा चिनाउँछ ।

दोस्रो हस्ताक्षर

कुनै पनि हस्ताक्षर जसमा क्रमशः आफ्नो औपचारिक नाम र थरसँगै रोमन अक्षर सङ्ख्या तीन लेखिएको हुन्छ । त्यसले मानिस सामाजिक मान्यता र परम्परालाई शिरोपर गर्छ भनेर बुझिन्छ । साथै कर्तव्यनिष्ठ र आफ्नो जिम्मेवारी पूरा गर्ने स्वभाव जनाउँछ ।

गेट्सको स्वभाव मानिससँग चाँडै नखुल्ने प्रकृतिको देखिन्छ । गेट्स आफू भएकोमा गर्व गर्छन् र उनीसँग अत्यधिक एकाग्र शक्ति रहेको उनको हस्ताक्षरबाट प्रस्ट हुन्छ ।

दुवै हस्ताक्षरका सार

विल गेटस्का दुवै हस्ताक्षरहरू स्पष्ट छन् । यसले उनी एकदम नै सत्यवान् भएको पुष्टि गर्छ । हस्ताक्षरमा ‘टि’ अक्षर लेख्न दिइनुपर्ने तेर्साे धर्साहरू माथि कोरिएको छन्, यसले उनी उच्च लक्ष्य राख्ने मानिस भनेर बुझाउँछ ।

दुवै ‘टि’ अक्षरहरूको लेखाईले उनलाई दृढ ईच्छाशक्ति भएको मानिसका रूपमा चिनाउँछ । गेट्स कडा परिश्रममा विश्वास गर्ने मानिसको रूपमा उनको हस्ताक्षरले बुझाउँछ ।

Loading...