इन्डोनेसियामा पुल भत्किँदा सात जनाको मृत्यु

इन्डोनेसिया, ६ माघ । इन्डोनेसियामा पुल भत्किँदा सात जनाको मृत्यु भएको छ । इन्डोनेरियाको सुमात्रा द्वीपमा एक पुल भत्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको प्रकोप व्यवस्थापन निकायले सोमबार जनाएको छ ।

कावर शहरको भर्खरै मात्र निर्माण भएको सो पुलमा करिब ३० जना विद्यार्थीहरू पुल पार गर्न लागेको अवस्थामा अकस्मात पुल भत्किएको थियो । मुसलधारे वर्षाका कारण यस पुलमुनिको नदीमा पानीको सतह सामान्यभन्दा माथि रहेको जनाइएको छ ।

पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीनजना अझै हराइरहेका प्रकोप व्यवस्थापन निकायका प्रमुख उजांग स्याफिरीले बताएका छन् । नदीमा खसेका केही विद्यार्थीलाई सकुशल उद्धार गरिनुको साथै खोजी र उद्धार टोलीले हराएका विद्यार्थीको खोजीकार्य जारी राखेका छन् ।

Loading...