यमनमा मिसाइल आक्रमण, ८० सैनिकको मृत्यु

यमन, ६ माघ । यमनको मरिब प्रान्तमा रहेको सैनिक प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परी ८० सैनिकको मृत्यु भएको छ ।

शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि भएका छन् ।

सैनिक स्रोतका अनुसार राजधानी सनादेखि झण्डै १ सय ७० किलोमिटर टाढा एक मस्जिदलाई निसाना गरी मिसाइल प्रहार भएको थियो ।

नमाज पढ्ने बेलामा भएको मिसाइल आक्रमणमा ठुलो संख्यामा हताहत भएको श्रोतले जनाएको छ ।

हुथी विद्रोहीले आक्रमण गरेको यमनको सरकारले आरोप लगाएको भएपनि अहिलेसम्म कसैले यसको जिम्मेवारी लिएको छैन् ।

आक्रमणमा मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान छ ।

Loading...