पत्रपत्रिकामा प्रदेश : गुमनाम विराट दरबार

विराटनगर, ६ माघ । आज विराटनगरलगायत प्रदेश १ बाट छापिएका पत्रपत्रिकाहरुले प्रदेश १ मा राज्यमन्त्री थपिएको खबरलाई प्राथमिकता दिएर छापेका छन् ।

आइतबार मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीको उपस्थितिमा राज्यमन्त्रीहरुलाई सपथ गराए ।

भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा इलामका रामबहादुर राना, भौतिक पूर्वाधार राज्यमन्त्री ओखलढुंगाका अम्बिरबहादुर गुरुङ नियुक्त भए ।

झापाकी जसमाया गजमेर सामाजिक विकास राज्यमन्त्री र मोरङका विजय विश्वास उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री नियुक्त भए ।

महाभारतकालिन प्राचिन विराट राजाको दरबार पुग्न आगन्तुकलाई गाह्रो हुन्छ ।

पर्यटकले स्थानीयलाई सोध्दै सोध्दै नै पुग्नु पर्छ ।

भेडियारीमा रहेको दरबार क्षेत्रमा पर्यटन वर्षको कुनै झल्को छैन् ।

यस्तै पर्यटक तान्ने कुनै योजना पनि छैन् । दरबार चिनाउने संकेत बोर्ड नै पढ्नै नसक्ने गरि खुइलिसकेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

विराटनगर १८ मा रहेको भेडियारीमा प्राचिन विराट राजाको दरबार रहेको छ ।

विराटनगर भित्रै भएपनि पूर्वाधारको अभावमा पर्यटक पुग्नै सक्दैनन् । सडकको समस्याले गर्दा बजार क्षेत्रबाट ११ किलोमिटर टाढा रहेको दरबारमा पर्यटक पुग्नै सकिरहेका छैनन् ।

प्राचिन महत्वको दरबार भएपनि संघ, प्रदेश र स्थानीय सरकार सबैले बेवास्ता गरेको स्थानीयको गुनासो छ ।

ब्लाष्ट टाइम्समा खानेपानीको व्यथा शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्य खबर छापेको छ ।

नेपाल खानेपानी संस्थान धरान शाखा एकीकृत शहरी विकास आयोजना (आइयुडिपी)द्वारा सञ्चालित खानेपानी व्यवस्थपन बोर्डमा हस्तान्तरण गर्ने चरणमा भएपनि धराने जनता दुई कित्तामा धु्रवीकरण भएका छन् ।

संस्थानले खानेपानी सहज रुपमा वितरण नगरेको भन्दै धरान ९ का बासिन्दा आन्दोलित छन् ।

आन्दोलन दैनिक धर्नादेखि तालबन्दी सम्म पुगेको छ । वडाध्यक्ष रत्न कटुवालको नेतृत्वमा अहिले आन्दोनल गरिरहेका छन् ।

संस्थानलाई बोर्डमा हस्तान्तरण गर्ने विषय जनताको हितमा नभएको भन्दै एक पक्ष लबिइङ गर्दै आएको छ ।

Loading...