प्रेरक प्रसंग : चरित्रहीन को ?

स्त्री तबसम्म चरित्रहीन हुँदिनन्, जबसम्म पुरुष चरित्रहिन हुँदैन ।

गौतम बुद्धले सन्यास लिएपछि विभिन्न क्षेत्रमा यात्रा गरे । यात्राको क्रममा बुद्ध एक गाउमा पुगे । बुद्धलाई देखेर एक महिला बुद्धको सामु आइन् र भनिन्– “हेर्दा त हजुर राजकुमारजस्तै देखिनु हुन्छ तर यो युवा अवस्थामा गेरु वस्त्र पहिरिनुको कारण ?’’

बुद्धले विनम्रतापूर्वक उत्तर दिए, ‘‘मलाई तीन कुराको जिज्ञासा जागेर यसको उत्तर पाउन मैले सन्यासी लिएको हुँ ।

हाम्रो यो सुन्दर शरीर युवा अवस्थाबाट बृद्ध हुँदै बिरामी हुँदै अनि मृत्युको मुखमा पुग्छ ।
मलाई वृद्धावस्था, बिरामी र मृत्युको कारणको ज्ञान प्राप्त गर्नु छ …..’’

बुद्धको विचारबाट ती महिला प्रभावित भएर बुद्धलाई आफ्नो घरमा भोजनको निम्ति आग्रह गरिन् । शीघ्र नै यो कुरा गाउँभरि पूरै हल्ला फैलिँदै गयो । सम्पूर्ण गाउँलेहरू बुद्धको सामु आएर बिन्ती गर्न थाले…हे मानव यी महिलाको घर न जानुहोला । किनकी यी महिला चरित्रहीन हुन् ।

बुद्धले मुस्कुराउँदै गाउँको मुखियासँग सोधे, ‘के हजुर पनि यो मान्नुहुन्छ कि यी महिला चरित्रहीन हुन् ?’
मुखियाले जवाफ दिए, ‘हो यी महिला निकै खराब अनि चरित्रहीन छे । हजुर यी महिलाको घर नजानु होला ।’

यत्तिकैमा बुद्धले मुखियाको दाहिने हात समातेर भने, ‘ल अब हजुरले ताली बजाउनुहोस् त ।’
मुखियाले भने, ‘म एक हातले कसरी ताली बजाऊँ ? मेरो अर्को हात त हजुरले समात्नु भएको छ ।’
बुद्धले मीठो जवाफ दिए, ‘हो यस्तैगरी यी महिला स्वयं चरित्रहीन कसरी बन्न सक्छिन् ? जबसम्म यो गाउँका पुरुष चरित्रहीन हुँदैनन् !’

यदि गाउँका सबै पुरुष असल हुन्थे भने यी महिला पनि चरित्रहीन हुँन्थिनन् । यी महिलाको चरित्रहीनको कारण नै यहाँका पुरुषहरू जिम्मेवारी छन् ।
यो सुनेर सबैजना आफैँ लज्जित भए ।

Loading...