ओखर खाए दिमाग र शरीर दुवै स्वस्थ्य

विराटनगर, ५ माघ । ओखर दिमाग तेजिलो बनाउन र स्मरण शक्ति बढाउन सहयोग गर्ने कुरा त धेरैलाई थाहा नै होला ।

तर ओखरले हाम्रो दिमागसँगसँगै पुरै शरीरलाई नै स्वस्थ्य राख्न मद्दत गर्छ ।

ओखरको फाइदाका विषयमा विश्वभरका विभिन्न ५५ वटा विश्वविद्यालयले अनुसन्धान गरेका छन् ।

अनुसन्धानले ओखर, काजु, बदाम, पिस्ता जस्ता सुख्खा फल ( ड्राइ) निरन्तर सेवनमा जोड दिएका छन् । ओखर दैनिक ४ वटासम्म खान उपयुक्त हुन्छ ।

यसरी दैनिक ४ वटा ओखर खाएमा विभिन्न रोगबाट बच्न र दिमागलाई तेजिलो बनाउन सकिन्छ ।

यस्तै दैनिक चार ओखर खाए शरीरलाई चाहिने जरुरी तत्वहरु फाइबर, ओमेगा ३, फस्फोरस, प्रोटीन, भिटामिन, म्याग्निसियमले हरेक रोगबाट बचाउन मद्दत गर्ने अनुसन्धानहरुले देखाएको छ ।

ओखरको नियमित सेवनबाट तौल घटाउन, मुटुको रोगबाट बचाउन, दुखाई कम गर्न, हड्डि बलियो पार्न सकिन्छ ।

यस्तै दिमाग तेजिलो बनाउन, स्मरण शक्तिमा सुधार आउने त गर्ने नै भयो ।

Loading...