वायुसेवा निगमका अध्यक्षले दिए राजीनामा

काठमाडौं, ५ माघ । नेपाल वायुसेवा निगमका अध्यक्ष पदबाट मदन खरेलले राजीनामा गरेका छन् । उनले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईलाई राजीनामा बुझाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

उनी नियुक्त भएपनि महाप्रबन्धक सुगतरत्न कंशाकार कार्यकारी भूमिकै थिए ।

कंशाकारको कार्यकारी भूमिका खोस्दै सरकारले उनलाई कार्यकारी अधिकार दिएपनि उनले जिम्मेवारी भने पुरा गर्न सकेनन् । चार वर्षको लागि नियुक्त गरिएका खरेलले राजीनामा दिएका हुन् ।

नियुक्ति गर्दा खरेललाई वायुसेवा निगमले भित्राएका दुई वाइडबडीसहित सबै जहाजको पूर्ण क्षमतामा सञ्चालन गर्ने, व्यवसायिक योजना बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी दिएको थियो ।

उनलार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका थिए ।

Loading...