रवि लामिछाने निर्दाेष ठहर

चितवन, ५ माघ । पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने निर्देष ठहर भएका छन् ।

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पनि जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै सफाइ दिएको छ ।

भदौ ९ गते रावलकै इजलासले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख रुपैयाँ धरौटी लिएको थियो । यस्तै कार्कीलाई भने साधारण तारेखमा छाडेको थियो।

Loading...