पैसा अभावमा उपचार हुन सकेन, छट्पटिदै ८ वर्षीया अक्षरा

विराटनगर, ५ माघ । विराटनगर – ५ जामुनगाछी एक बालिकाको उपचार गर्न रकम अभाव भएको छ ।

ती बालिका लामो समयदेखि उपचार अभावमा ओछ्यानमा थलिएर बसेकी छिन् ।

पैसा अभावमा ८ वर्षीया बालिका अक्षरा कुमारी दासको उपचारमा मा खर्चिएर सकेपछि थप उपचार गर्न समस्या भएको छ ।

आर्थिक अवस्था नाजुक रहेको दास परिवारले थप उपचार गर्न नसकेपछि अक्षरालाई अहिले घरमा राखिएको छ ।

कक्षा १ मा अध्ययनरत अक्षराको मृगौलाले काम गर्न छोडेको चिकित्सकले जनाएको छ ।

अक्षराको उपचार दास परिवारले १५ लाख रुपैयाँ सक्दा पनि ठिक नभएको हजुरबुबा शम्भु दासले बताए ।

‘६ वर्षको उमेरमा नातिनीको पिसाब पोल्ने र छिन–छिनमा पिसाब आउँने समस्या थियो,’ हजुरबुबा शम्भुले भने, ‘नातिनीको उपचार गराउन देशभरीको हस्पिटल लगेपनि रोग ठिक हुन सकेको छैन । उपचारमा भएभरको पैसाँ पनि सकियो । थप उपचार गरिने अहिले पैसा छैन ।’

दुई पटक नातिनीको डायलासिस गरिएको उनले बताए । ‘एक पटक डाइलेसेस गर्दा ८० देखि ९० हजार रुपैयाँ खर्च भयो,’ उनले भने, ‘चिकित्सकले अहिले पनि डाइलेसेस गर्नुपर्ने सुझाब दिएका छन् । थप उपचार गर्न आफुसँग पैसाँ पनि छैन ।’

भएभरको पैसा नातिनिको उपचारमा सकिएको उनको भनाइ छ ।

अहिले पैसा अभाव भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर फर्काइएको उनले बताए । भारत लगेर उपचार गरे नातिनीलाई निको पार्न सकिने उनले सुनेका छन् ।

थप उपचार गर्न भारतको बैंङ्लोर लैजाने तयारी गरेको भएपनि थप उपचार गर्ने पैसा नभएको उनले बताए ।

थप उपचारको लागि सबैसँग उनले सहयोगका लागि अपिल गरेका छन् ।

अक्षराका बावु दयनन्द दास राजमिस्त्रीको काम गर्दछन् । उनका १ छोरा र छोरी छन् ।

अक्षराको शरीरको अंगहरु सुन्निन थालेका छन् । अनुहारमा सबैभन्दा बढी सुनिएको छ ।

अहिले नातिनी हिडडुल गर्न नसक्ने र रातभर छट्पटाउने गरेको हजुरआमा विनादेवीले बताइन् ।

नातिनीको रोगको पिडाले आफुलाई चिन्ताले सताएको उनले बताइन् ।

अक्षरालाई सहयोग गर्नका लागि उनका हजुरबुबा सम्भूले मोइवाल नम्बर दिँदै सहयोगको अपिल गरेका छन् ।

शम्भुको मोवाइल नम्बर मा ९८०७०९१५१४ मा सम्र्पक गर्न सकिन्छ ।

Loading...