Rumpum Advertisement

अदालतद्वारा रवि लामिछाने निर्दोष ठहर

Neuro Revised Adv
Koshi Dashain ad
अदालतद्वारा रवि लामिछाने निर्दोष ठहर

काठमाडौं, ५ माघ । सञ्चारकर्मी रवि लामिछानेलाई अदालतले निर्दोष ठहर गरेको छ । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

photo

चितवनले अदालतले आइतबार रविलाई निर्दोष ठहर गरेको हो । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार अन्तिम फैसला सुनाउँदै लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

लामिछाने, कडेँल र कार्की तीनै जनालाई आत्महत्या दुरुत्साहनको अभियोग लागेको थियो । ९ भदौमा अदालतले लामिछानेलाई पाँच लाख, कँडेललाई तीन लाख र कार्कीलाई साधारण तारेखमा छाडेको थियो ।