नेयमारले पीएसजीसँग सम्झौता थप गर्ने !

एजेन्सी, ५ माघ । ब्राजिलियन स्टार नेयमारले वर्तमान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग आफ्नो सम्झौता थप गर्ने भएका छन् ।

पछिल्लो समय ला लिगा क्लब फर्किने चर्चा चलिरहेको बेला नेयमारले पीएसजीसँग सम्झौता थप गर्न लागेको फ्रान्सेली मिडियाको रिपोर्टमा उल्लेख गरिएको छ ।

खबरका अनुसार नेयमारका प्रतिनिधिले नेयमारको नयाँ सम्झौताका विषयमा पीएसजीसँग छलफल गरेका छन् ।

फ्रेन्च आउटलुक ‘टेलिफूट’का अनुसार २७ वर्षीय नेयमारले पूर्वक्लब बार्सिलोना र रियल मड्रिड जाने चर्चाका बीच फ्रेन्च लिग वान च्याम्पियन क्लब पीएसजीसँगै सम्झौता बढाउने तयारी गरेका हुन् ।

‘ईएसपीएन’को अन्तिम रिपोर्टका अनुसार नेयमारले वर्तमान क्लब पीएसजीसँग लामो समयसम्मको सम्झौता गर्ने मनसाय बनाएका छन् ।

खबरका अनुसार नेयमार फ्रान्सेली च्याम्पियन क्लब पीएसजीमा खुशी रहेका छन् ।

उनी २०१७ मा विश्वकै महंगो खेलाडी हुँदै बार्सिलोनाबाट पीएसजी गएका थिए ।

Loading...