रिजालको कम्पनीलाई नेपाल गुणस्तर चिन्ह

सञ्चालक भन्छन् 'रिजालको उत्पादन लोकप्रिय बनेकाेछ '

विराटनगर ५ माघ । रिजालको प्लाष्टिकको पानी टयाँङकी ,सिपिभिसी पाईपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । एक नम्बर प्रदेशमा एकछत्र व्यापार गरिरहेको र अन्य प्रदेशको बजारमा प्रभावकारी हस्तक्षेप गर्न सफल रिजालको कम्पनीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको हो ।

२० वर्षदेखि प्लाष्टिको गुणस्तरिय पानी टयाँङकी उत्पादन गर्दै आएको रिजालको कम्पनी लोकप्रिय बनेको सञ्चालक नबिन रिजालले बताएका छन् ।

अमेरिकाबाट कच्चा पदार्थ ल्याएर नेपालमै पहिलो पटक गुणस्तरिय सिपीभिसी पाइप उत्पादन गरेर नेपाल गुणस्तर चिन्ह प्राप्त गर्न सफल भएका प्रोपाइटर नविन रिजालले बताए ।
उनका अनुसार रिजालको कम्पनीले एक नम्बर प्रदेशमा एकछत्र राज गरिरहेको छ । काठमाडौं , नेपालगन्ज , पोखरा , नारायणगढलगायत शहरहरुमा पनि माग बढिरहेको उनले बताए ।

नेपालमै पहिलो पटक गुणस्तरिय पलास्टिको सिपीभिसी पाईप उत्पादन गर्ने कम्पनी रिजालको मात्र भएको रिजालले दाबी गरे । माग उच्च भएकोले रिजालको पाइपहरु पश्चिम डलेल्धुरा देखि पूर्व ताप्लेजुङ, शंखुवासभासहितका पहाडी जिल्लामा पनि आपूर्ती सुरु भएको उनले बताए ।

रिजालकोले पिभिसी पाइप उत्पादन गर्नथालेपछि बिदेशबाट हुँदै आएको आयात शुन्यमा झरेको रिजालको दाबि छ । साथै मानिसहरुले फलामको महंगो पाइप प्रयोग गर्नुपर्ने बाध्यता पनि हटेको उनको भनाई छ ।

बजारमा भारत र चीनबाट आयात हुने पिभिसी पाइपहरु नेपाली उत्पादनले गर्दा पूर्ण रुपमा बिस्थापित भैसकेका छन् । रिजालले भने – ‘२० बर्ष निरन्तर संघर्ष गरेपछि हामी बल्ल सफल भएका छौं ।’

रिजालका अनुसार प्लाष्टिको गुणस्तरिय पाइप र बलियो पानीटयाँङकी बनाउने रिजालको कम्नपी विश्वमै पहिलो हो ।

उत्पादनहरु लोकप्रिय बनेपछि रिजालकोले आफनो बजार बिस्तारलाई पनि तीब्र बनाएको उनले बताए । रिजालकोले सन २०२१ सम्मकालागि बजारमा उत्पादन अभाव हुन नदिने योजना बनाएको छ । देशभर ४ हजार बढी थोक बिक्रेताहरु मार्फत आफनो उत्पादन उपभोक्त्ता सम्म पूर्याउने योजना रहेको उनले बताए ।

Loading...