birat ribon

बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

Neuro
बसको ठक्करबाट साइकल यात्रीको  मृत्यु

हेटौडा, ५ माघ । बसको ठक्करबाट मकवानपुरमा एकजना साइकल यात्रीको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको हो ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

jackson ribon