रियलले हरायो सेभियालाई

विराटनगर (एजेन्सी ), ५ माघ ।स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २ १ गोल अन्तरले हराएको छ ।

शनिबार राती भएको खेलमा घरेलु मैदानमा रियलको जितमा कासिमिरोले नै दुई गोल गरे ।

सेभियाका लुक डी जोङले एक गोल फर्काए ।

सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता लिएको थियो ।

६४ मिनेटमा जोङले गोल गरी बराबरीमा ल्याए । तर फेरी कासिमिरोले अर्काे गोल थप्न ५ मिनेटमात्र पर्खनु पर्याे ।

२० खेलबाट ४३ अंक जोड्दै रियल लिगको अंक तालिकामा पहिलो रहँदा बार्सिलोना १९ खेलमा ४० अंकसहित दोश्रो स्थानमा रहेको छ ।

सेभिया २० खेलमा ३५ अंक जोडेर चौंथो स्थानमा छ ।

Loading...