पत्रपत्रिकामा देश : अनियमिततामा डुब्दै स्थानीय सरकार

विराटनगर, ५ माघ । उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा स्थानीय तहमा भ्रष्टाचार बढेको उल्लेख छ ।

समितिले त्यसलाई रोक्न सरकारलाई सुझाव दिएको छ ।

त्यसको अघिल्लो दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा पनि स्थानीय तहमा भ्रष्टाचार बढेको उल्लेख छ ।

कान्तिपुर दैनिकले आज मुख्य खबर अनियतितामा डुब्दै स्थानीय तह शिर्षकामा छापेको छ ।

प्रदेश २ मा प्रदेश सरकारले नै एकै योजनामा दुइ पटक बजेट हालेको पाइएको छ ।

प्रदेश २ सरकारका चार मन्त्रालयले गत आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत बनाएका ८ सय ४२ योजनामा छानबिन समितिले त्रुटि नै त्रुटि फेला पारेको छ ।

एउटै योजनामा दुई पटक बजेट लिएको, एउटै कामको लागि दुईवटा मन्त्रालयबाट बजेट लिइएको खुलेको छ ।

कर्णालीका ७९ मध्ये ७६ स्थानीय तहका पदाधिकारीविरुद्ध अख्तियारमा मुद्धा परेको छ ।

अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा तीन नेपाली सहित सात बेखबर शिर्षकमा नागरिक दैनिकले मुख्य खबर छापेको छ ।

अन्नपूर्ण पदमार्गको हिमपहिरोमा परी हराएका विदेशी पर्यटक र नेपाली गाइडका अझै भेटिएका छैनन् ।

पदयात्राका क्रममा शुक्रबार दिउँसो हराएका उनीहरु मध्ये ४ कोरियाली नागरिक छन् । खोजी तथा उद्दार टोली कास्कीबाट पैदलमार्ग हुँदै पुग्न सकेको छैन् ।

हिमपहिरोमा परेकाको खोजीका लागि प्रहरीले तीन समूह बनाएको छ ।

अन्नपूर्ण फेरोको पदमार्गमा रहेका चार चिनियाँ पर्यटक मनाङ खण्डबाट बेपत्ता भएका छन् ।

उनीहरु एकसातादेखि सम्पर्कमा नआएपछि हराएको आशंका गरिएको छ ।

आज राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुले सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारीको नाम सिफारिस गरिएको समाचारलाई पनि प्राथमिकता दिएर छापेका छन् ।

सत्यनिरुपण र मेलमिलाप आयोगमा गणेशदत्त भट्ट र बेपत्ता छानविन आयोगको अध्यक्षमा पूर्वन्यायाधीश युवराज सुवेदीको नाम सिफारिस गरिएको छ ।

Loading...