पत्रपत्रिकामा प्रदेश : नक्कली भ्याट बिलबाट राजस्व छल्दै पूर्वका व्यापारी

विराटनगर ५ माघ । नक्कली भ्याट बिल बनाएर पूर्वका व्यापारीहरुले राजस्व छल्ने गरेको पाइएको छ ।

पछिल्लो समय विभिन्न बहानामा नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने गिरोह सकृय रहेको खबर ब्लाष्ट टाइम्समा छ ।

चार महिनाको अवधिमा चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको टोलीले तीन पटक र सीमा प्रहरी चौकी भण्टाबारीले एक पटक नक्कली भ्याट बिल बनाई राजस्व छल्ने गिरोहलाई पक्रेको थियो ।

यसले नक्कली भ्याट बिल बनाइ राजस्व छल्ने गिरोह रहेको पुष्टि हुन्छ ।

हिमालय रोड आकर्षक बनाइने शिर्षकमा उद्घोष दैनिकमा मुख्य खबर छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरको आकर्षक थलोको रुपमा महेन्द्र चोक र हिमालय रोडलाई विकास गरिने बताएकाछन् ।

शनिबार सम्पन्न चारदिने सडक महोत्सवको समापन गर्दै मेयर पराजुलीले सबैको सल्लाह र सुझावको आधारमा महेन्द्र चोकमा सालिक राखिने बताए ।

हिमालय रोडलाई विराटनगरकै आकर्षक स्थान बनाउने उनको भनाइ छ ।

कान्तिपुर दैनिकमा प्राविधिक जनशक्ति अभावमा माटो परिक्षण धुम्ति प्रयोेगशाला उपयोगविहिन भएको खबर छ ।

झापाको सुरुंगामा रहेको प्रयोगशालामा एक जना चालक भने छन् ।

पौने एक करोड लागतमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ ले उपलब्ध गराएको प्रयोगशालाको लागि दक्ष जनशक्ति नभएको हो ।

विज्ञ जनशक्ति नभएको कारण भ्यान सञ्चालन गर्न नसकिएको प्रयोगशाला प्रमुख एवं माटो विज्ञ हरिबहादुर भुजेलले बताए ।

प्रयोगशालाको कार्यक्षेत्र पाँचथर, इलाम र झाप रहेको छ ।

मोबाइल भ्यानमा माटो परिक्षणको लागि अत्याधुनिक मेसिन जाडान गरिएको छ ।

Loading...