ए डिभिजन लिग : मनाङ र थ्री स्टारको बराबरी

काठमाडौं, ४ माघ । सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र मनाङ् मस्र्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । शनिबार भएको खेल २–२ को बराबरीमा खेलेका हुन् ।

पहिलो हाफमा थ्री स्टारले १–० को अग्रता लिएको थियो । १९ औं मिनेटमा थ्री स्टारका लागि डेब्यू गरेका भारतीय खेलाडी लाल रामाभराले फ्रिकीक मार्फत् गोल गर्र्दै १ –० को अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० ले पछि परेको मनाङ्का लागि अञ्जन विष्टले ४९ औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

६७ औं मिनेटमा पून अञ्जनले गोल थप्दै २–१ को अग्रता दिलाए । कप्तान कमल श्रेष्ठको फ्रिकीकलाई अञ्जनले हेडरमार्फत् गोल गरेका थिए ।

खेलको ८४ औं मिनेटमा लाल रमाभाराले गोल गर्दै थ्री स्टारलाई खेलमा ल्याए ।

मनाङ्ले बराबरीसँगै सात खेलबाट १३ अङ्क जोडेको छ । थ्री स्टारले ११ अङ्क जोडेको छ ।

Loading...