मेलबर्न स्टार्सको जितमा सन्दीपको एक विकेट

एजेन्सी,४ माघ । बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पर्थ स्कोर्चसलाई पराजित गरेको छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले शनिबार पर्थ स्कोर्चसलाई १० रनले पराजित गरेको हो ।

मेलबर्नले दिएको १ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पर्थले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमा समेटिएको थियो ।

पर्थका लागि क्यामरुन बेन्क्राफ्टले सर्वाधिक ३२ रन जोड्दा कुर्टिस पिटर्सनले २० रन बनाए ।

मेलबर्नका निक म्याडीनसनले ३ विकेट लिएका थिए । सन्दीप लामिछानेले १ विकेट लिए ।
४ ओभर बलिङ गरेका लामिछानेले २९ रन खर्चिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
जितसँगै मेलबर्नले ११ खेलमा १० जितसहित २० अंक जोडेको छ । पर्थ चौंथो स्थानमा छ ।

Loading...