घरको बरन्डाबाट खसेर एक जनाको मृत्यु

उदयपुर ४ माघ । उदयपुरमा घरको बरण्डाबाट खसेर एक युवाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका ६ चुहाडका दिवश कार्कीको मृत्यु भएको छ ।

गत बिहिबार साँझ ७ बजेको समयमा २७ वर्षीय कार्की टाँडे घरको दोस्रो तलाको बरन्डाबाट तल खस्दा गम्भीर घाइते भएका थिए ।

घाइते भएका कार्कीको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Loading...