बासी रोटी खाए फाइदै फाइदा

विराटनगर, ४ माघ । दिनभरी खाना नसकेपछि उब्रेको खानेकुरा बासी हुन्छ ।

यसरी बासी खानेकुरा खानु हुँदैन भन्ने मान्यता छ । धेरै जसोले बासी खानेकुरालाई फ्याक्ने गरिन्छ ।

विभिन्न अनुसन्धानका अनुसार बासी रोटी खाँदा शरीरलाई निकै फाइदा पुग्ने गरेको पाइएको छ ।

आटाले बनेको बासी रोटी खाँदा शरीरको रोग हटाउनका लागि औषधीको काम गर्ने गरेको पाइएको छ ।

बासी रोटी खादा शरीरमा भएको ग्यास्ट्रिक, तनाव र सुगर, रक्तचाप, कोलेस्टेरोल, क्यान्सर रोगलगायतका रोगहरूबाट मुक्ति पाउन सकिन्छ ।

अधिकांश मानिसहरूलाई ग्यास तथा एसिडिटीको समस्याले सताइरहेको छ ।

त्यही एसिडिटीका कारण तनाव तथा सुगर जस्ता रोगको समस्या उत्पन्न हुन थाल्छ ।

बिहान बासी रोटी खादा ग्यास्ट्रिक र एसिडिटीको समस्या समाधान हुनुका साथै रगतमा सुगरको मात्रा पनि नियन्त्रणमा आउँछ ।

शरीरमा विभिन्न रोग लागेका कारण तनावमा उत्पन्न हुन्छ । दैनिक दुध र बासी रोटीको सेवनले तनाव घटाउनुका विभिन्न किसिमका रोगअरू समाधान भएर जान्छन् ।

उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह तथा मुटु रोगहरू भएका बिरामीहरूका लागि सफा तरिकाले पकाएको र र राम्रो ठाउँमा स्टोर गरेको बासी रोटि फाइदादायक हुन्छ ।

Loading...