पत्रपत्रिकामा देश : गुमनाम प्रतिपक्ष

विराटनगर, ४ माघ । वाइडबडी जहाज, बालुवाटार जग्गा, गोकर्णको लिज मुद्दामा आफैँ मुछिएर अवाक् बनेको कांग्रेसले मोहम्मद अफताब आलमले रचेको नरसंहार प्रकरणको पक्षमा भने संस्थागत निर्णय गरेर प्रतिपक्षको धरातल समेत गुमाएको छ ।

यो समाचार नयाँ पत्रिका दैनिकमा छ । वाइडबडी प्रकरणमा ४ अर्ब ३५ करोड अनियमितताको विरोधमा विज्ञप्तीमात्रै जारी गरेर बस्यो ।

तर यो विषयले राष्ट्रिय राजनीतिमा भने ठुलो हलचल ल्याएको थियो । यति गम्भीर कुरामा कांग्रेसको विरोध भने विज्ञप्तीमै सिमित रहेको थियो ।

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा नै मुछिएपछि कांग्रेस चुप बस्यो ।

सरकारले राम्रो काम गरेन भन्न कांग्रेससँग नैतिक धरातल नै नभएको केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताए ।

विवादित ऐनमा कांग्रेस नेतृत्व बोल्न नसकेको उनले आरोप लगाए ।

आत्महत्याको घटनालाई आज कान्तिपुर र नागरिक दैनिकले प्रमुखताका साथ छापेका छन् ।

तनाव व्यवस्थापनमा चुक्दा शिर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

ऋण तिर्न नसक्दा आत्महत्या शिर्षकमा नागरिक दैनिकले मुख्य खबर छापेको छ ।

ऋणले अत्तालिएपछि काठमाडौं थानकोटका विनय लामिछानेको चारजनाको परिवार बिहीबार साँझ धादिङ बेनिघाटबाट त्रिशूली नदीमा हामफाले ।

नदीमा हाम फालेका विनयलाई भने स्थानीयले उद्दार गरे । उनकी पत्नी जमुना रेग्मी लामिछानेको मृत्यु भएको छ । दुई वर्ष र ६ महिनाका दुई छोरा बेपत्ता छन् ।

मिटर ब्याजमा लिएको पैसा तिर्न नसक्दा दुई छोरा सहित पतिपत्नी नै त्रिशूली नदीमा हाम फालेका थिए ।

यस्तै कोहलपुर नगरपालिका १२ नम्बर वडाका अध्यक्ष कृष्णबहादुर खड्काले बैंकको ताकेतापछि आत्महत्या गरेका खुलेको नागरिक दैनिकले समाचार छापेको छ ।

उनी बसेको होटलमा सुसाइड नोट बरामद भएको प्रहरीले जनाएको छ ।

उनी भारतको उत्तरप्रदेश बहराइचमा शंकर होटलमा बसेका थिए ।

त्यही होटलमा उनले आत्महत्या गरेका हुन् ।

भारतीय प्रहरीका अनुसार उनले सुसाइड नोटमा एक बैंकलाई गम्भीर आरोप लगाएका छन् ।

यही समाचार कान्तिपुर दैनिकमा बढी कमाउने लोभमा ऋण लिएर गरेको नगानी डुब्न थालेपछि परिवारसहित आत्महत्या प्रयास गरेका युवाले श्रीमती र दुई छोरा गुमाएका छन् भनेर लेखेको छ ।

Loading...