पत्रपत्रिकामा प्रदेश : बीपी प्रतिष्ठानमा नियुक्तिको लागि शक्तिकेन्द्र धाउँदै आकांक्षी

विराटनगर ४ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. राजकुमार रौनियार भ्रष्टाचारको अभियोगमा निलम्बनमा परे ।

त्यसपछि प्रतिष्ठानको आन्तरिक प्रशासनिक व्यवस्थापन सञ्चालन गर्न प्राडा शिक्षाध्यक्ष गुरुप्रसाद खनालले कार्यवाहक उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यभार सम्हालिरहेका छन् ।

गिर्दाे अवस्थामा रहेको प्रतिष्ठानको साख जोगाउन सरकारले खासै प्राथमिकता राखेको छैन् ।

साउन यता प्रतिष्ठानको रिक्त उपकुलपति र रजिष्ट्रार पदका लागि नेकपा भित्र आकांक्षी बढेका छन् ।

यो समाचार कान्तिपुर दैनिकले छापेको छ ।

२५ पुसमा प्रतिष्ठानको ४३ औँ सिनेट बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्तिको बाटो खोलेपछि आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका हुन् ।

यसअघि प्रतिष्ठानको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार नियुक्ति हुँदा आर्थिक चलखेल भएको व्यापक चर्चा थियो ।

मन्त्री र मन्त्रालयपनि प्रतिष्ठानको साख जोगाउन योग्य, मिसन र भिजन भएका भन्दा पार्टीका आसेपासे र लाभ लिन सकिनेलाई नियुक्ति गर्ने गरेको आरोप लाग्दै आएको छ ।

डा. खनाल आफैले पनि उपकुलपतिको लागि लबिङ्ग गर्दै आएका छन् ।

विराट नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र गिरी, ग्राण्डी अस्पतालका फिजिसियन डा. अर्जून कार्की पनि प्रतिष्ठानको उपकुलपति बन्ने दौडमा छन् ।

आजका स्थानीय पत्रपत्रिकाले प्रदेश १ लाई स्विजरल्याण्ड सरकारले १ अर्ब अनुदान दिएको खबरलाई महत्वपूर्ण स्थान दिएका छन् ।

उद्घोष दैनिकले प्रदेश १ लाई एक अर्ब अनुदान शिर्षकमा मुख्य समाचार छापेको छ ।

संघीय राजधानी बाहिर पहिलो पटक भएको अनुदान सम्झौतामा प्रदेश १ को प्रशासन संयन्त्रलाई चुस्त बनाउन, सार्वजनिक सेवालाई समावेशी बनाउन, स्थानीय सरकारबीच साझेदारी अभिवृद्धि गर्न यो सहयोगले मद्दत पुग्ने छन ।

सारडाले सोधे ‘बजारमा पैसा खै’ अर्थमन्त्रीले खतिवडाले भने -‘आउँदैछ’

उद्घोष दैनिकमा नै सारडाले सोधे ‘बजारमा पैसा खै’ अर्थमन्त्रीले खतिवडाले भने -‘आउँदैछ’ शिर्षकमा खबर छ ।

संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडासँग उद्योगी, व्यवसायीले बजारमा पैसा नभएको गुनासो गरेका छन् ।

विराटनगरका दुई व्यवसायी संस्थाले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडाले बजारमा पैसा अभाव भएको बताए ।

अर्थमन्त्री खतिवडाले भने सरकारको ढुकुटीमा केही पैसा जम्मा भएको र त्यो माघ फागनुमै बजारमा आउने बताए । तर बजारमा पैसा नै नभएको कुरामा सत्यता नभएको उनले बताए ।

Loading...