Rumpum

Rumpum Advertisement

प्रदेश १ का सार्वजानिक स्थलमा सूर्तिजन्य बस्तु प्रतिबन्ध

प्रदेश १ का सार्वजानिक स्थलमा सूर्तिजन्य बस्तु प्रतिबन्ध

विराटनगर,३ माघ । १ फागुनबाट प्रदेश सरकारले सूर्तिजन्य बस्तुको प्रयोग र विक्रीमा कडाई गर्ने भएको छ ।

१ नम्बर प्रदेश सरकारले सार्बजनिक स्थानमा सुर्तिजन्य पदार्थको विक्री वितरण र प्रयोगमा कडाई गर्ने भएको हो ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ जारी भएको आठ वर्षपछि प्रदेश सरकारले कार्यान्यन गर्ने तयारी गरेको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरले फागुन १ गतेबाट प्रतिबन्ध लागु हुने बताए ।

मन्त्री घिमिरेले ऐन कार्यान्यनका लागि सरोकारवालाहरुसँग छलफल तिब्र बनाएका छन् ।

ऐन व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने उनले बताए ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सूर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ ।

ऐन उल्लङ्घन गरेको पाइए कारवाही गरिने मन्त्री घिमिरेले बताए ।