फ्राइडे रिलिज : आज हलमा ‘१२ सत्ताइस्’

विराटनगर, ३ माघ । फ्राइडे रिलिजअन्तर्गत आज माघ ३ गतेका नयाँ नेपाली फिल्म ‘१२ सत्ताईस’ प्रदर्शनमा आएको छैन । फ्राइडे रिलिजअन्तर्गत देशभरबाट प्रदर्शनमा आएको यो फिल्मले सोलो रिलिजको अवसर पाएको हो ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा ३ बेरोजगार युवाहरूको कथालाई कमेडी शैलिमा प्रस्तुत गरिएको छ । फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, विना कार्कीलगायत कलाकारहरूको अभिनय छ ।

ह्याप्पी प्लानेट फिल्मस र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा रहेर निर्माण भएको फिल्मलाई रेणु राना, दीपक खतिवडा र रुपक थापाले निर्माण गरेका हुन् । निर्देशक जोन योञ्जनकै कथा रहेको फिल्ममा दिपक आर्जेको संगीत, अनिष स्याङ्गदेनको छायांकन र कृष्ण भण्डारीको सम्पादन छ ।

यसपटकको जाडोको मौसममा विदेशी फिल्महरूले हल कब्जा गरेका छन् । कुनै कुनै हलले बाध्यता भएर पुराना नेपाली फिल्महरू पनि प्रदर्शन गरिरहेका छन् भने नेपालका अधिकांश हलहरूमा हलिउड र बलिउड फिल्महरू मात्र छन् ।

हलमा अहिले बलिउडका चर्चित अभिनेता अजय देवगण, सेफ अलीखान र काजोल अभिनित फिल्म ‘तन्हाजी’ र अभिनेत्री दीपिका पादूकोणको ’छपाक’ प्रदर्शनमा छन् ।

Loading...