चितवन दुर्घटना अप्डेट : घाइतेमध्ये दुई जनाको मृत्यु

चितवन, ३ माघ । भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् ।

अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् ।

गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए ।

नारायणगढतर्फ आउँदै गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो ।

ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

पर्यटक बोकेर बस सौराहा जाँदैै गरेको थियो । रासस

Loading...