‘बालोन डी‘ओरका लागि मेस्सीभन्दा माने धेरै हकदार थिए’

एजेन्सी, ३ माघ । इंग्लिस क्लब चेल्सीका स्ट्राइकर डेम्बा बाले सन् २०१९ को बालोन डी‘ओरका लागि बार्सिलोनाका कप्तान मेस्सीभन्दा लिभरपुलका स्टार साडियो माने हकदार भएको दाबी गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा बाले २०१९ मा मेस्सीको भन्दा मानेको तथ्यांक राम्रो भएको बताउँदै बालोन डी‘ओरको लागि मेस्सीभन्दा धेरै माने हकदार भएको बताए ।

‘पछिल्लो समय हामी तथ्यांकका बारेमा कुरा गर्छौं,’ उनले भने, ‘म पनि व्यक्तिगत तथ्यांकमा जान रुचाउँछु । यस आधारमा भन्ने हो भने मेस्सीभन्दा माने बालोन डी‘ओरको हकदार थिए ।

‘मैले सधैं भन्दै आइरहेको छु’, उनले भने ‘यदि, हामी मानेको २०१९ को तथ्यांक हेर्छौं भने मेस्सी यसको विजेता हुँदैन थिए । मानेले च्याम्पियन्स लिग जिते, यूईएफए सुपर कप जिते । २०१९ मानेको अविश्वसनीय छ । उनी प्रिमियर लिगमा धेरै गोल गर्ने खेलाडीमा पनि पर्छन् ।’

यसगरी बाले मेस्सी मानेभन्दा उत्कृष्ट खेलाडी भएको बताए ।

उनले भने, ‘धेरैले भन्छन् कि मेस्सी मानेभन्दा उत्कृष्ट छन् । हो, सबैलाई थाहा छ कि उनी उत्कृष्ट छन् । यदि, माने आएर मलाई म मेस्सीभन्दा उत्कृष्ट हुँ भनेमा म उनको अनुहारमा पर्नेगरी एक थप्पड हान्नेछु र भन्ने छु कि चुप लागेर बस । तर, जे होस् २०१९ चाहिँ मानेको उत्कृष्ट हो, मेस्सीको भन्दा पनि ।’

Loading...