चिउराको पकौडा बनाउने सजिलो तरिका

विराटनगर, ३ माघ । जाडोको समयमा चिसोका कारणले धेरै भोक लाग्छ । चिसोमा तातो तातो पकौडाको सेवनले जाडो त्यसै भाग्ने गर्छ । आलु, पियाज बन्दाकोबीको पकौडा त कैयौँ पटक खाइसक्नु भएको होला तर, यसपटक हामी चिउराको पकौडा बनाउने विधि बताउने छौं ।

चिउरा हरेकको घरमा सजिलै पाइने हुन्छ । पकौडा खादा मुखको स्वाद फेरिनुका साथै घरमा बनाएको पकौडाले स्वास्थ्यको लागि हानी गर्दैन । पकौडा पकाउन निकै सजिलो हुनुका साथै यसको स्वाद पनि निकै मीठो हुन्छ । धेरै समय नलाग्ने, जाडोमा चिसो भगाउने, आलु प्याज नहुँदा पाहुना आएमा तथा खाजाको विकल्प बन्न सक्ने हुँदा चिउराको पकौडाले ।

हरेक घरमा बन्ने पकौडा आ–आफ्नै तरिकाले बनाउन सकिन्छ । तर, मीठो, छिटो र स्वादिलो बनाएर खानका लागि दिएको बेग्लै तरिका अपनाउन सकिन्छ । तरिका सजिलो पनि रहेको छ ।

पकौडा बनाउन चाहिने सामाग्री – भिजाएको चिउरा, सानो काटिएको प्याज, ब्रेड क्रम्प्स, (ब्रेड क्रम्प्स नभएमा पाउरोटीको धुलो पनि प्रयोग गर्न सकिन्छ) हरियो धनियाँ, हरियो खुर्सानी, ३ देखि ४ ठूूलो चम्चा चामलको पिठो, अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, खुर्सानी, डिप फ्राइ गर्नको लागि तेल ।

पकौडा बनाउने विधि – भिजाएको चिउराबाट पानी निकालेर त्यसमा प्याज, लसुन अदूवा को पेस्ट, हरियो खुर्सानी, धनियाँ, नुन, खुर्सानी, मसला, २ चम्चा चामलको पिठो राखेर मज्जाले मिलाएर मुछ्नु पर्छ ।

त्यसपछि अलिकति पानीमा चामलको पिठो राखेर पकौडाको मिक्समा बनाउनुपर्छ । एउटा कराइमा तेल तताएपछि हातले अलि अलि वा चम्चाले उक्त पकौडाको मिक्सलाई गोलो, चारपाते, रोल जस्तो वा डुनटको आकार दिएर तेलमा बिस्तारै राख्नुपर्छ । हतार गरेर राखेमा तेल जिउमा लगेर पोल्न सक्छ ।

पकौडालाई डीप ब्राउन नहुन्जेलसम्म पल्टाएर पकाउने र दुवैतिरबाट राम्रोसँग पाकिसकेपछि एउटा पेपरमा राखेर अनावश्यक तेल सोछन दिनुपर्छ । तातो तातो पकौडालाई चिया र केचअपसँग खान सकिन्छ ।

Loading...