मेस्सीको छैटौं बालोन डी‘ओर म्युजियममा

एजेन्सी, ३ माघ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीको छैटौं बालोन डी‘ओर बार्सा म्युजियममा राखिएको छ ।

गत डिसेम्बर महिनामा अर्जेन्टिनी स्टार मेस्सीले जितेको बालोन डी‘ओर बार्सा म्युजियममा राखिएको हो ।

सन् २०१९ को बालोन डी‘ओर जित्दै मेस्सीले कीर्तिमान बनाएका थिए ।

६ पटक बालोन डी‘ओर जित्दै ३२ वर्षीय मेस्सी सर्वाधिक धेरै पटक बालोन डी‘ओर जित्ने खेलाडी बने ।

उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा गरी ६ पटक जितेको बालोन डी‘ओर क्याप नोउको म्युजियममा राखिएको छ ।

बार्सिलोनाबाट पनि सबैभन्दा धेरै पटक उनैले जितेका छन् ।

उनले ६ पटक बालोन डी‘ओर जित्दा जोहान क्रुफले २ पटक, स्वारेजले एक, मिरामोन्टेसले एक, रिभाल्डो, स्टोइच्क्भो र रोनाल्डिन्होले समान एक–एक पटक यो अवार्ड हात पारेका छन् ।

उनका खास प्रतिद्वन्द्वी तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच पटक बालोन डी‘ओर जितेका छन् ।

Loading...