घुर्ने समस्या हटाउनका लागि मुख र जिब्रोको व्यायाम, यसरी गर्नुहोस्

विराटनगर, ३ माघ । सुतेको समयमा अक्सिजनको कमीले सास नलीमा अवरोध पुग्ने हुँदा सुतेको समयमा निस्किने आवाजलाई घुरेको भनिन्छ ।

घुर्ने समस्या भएका व्यक्तिले आफ्नै परिवारका सदस्यहरू सँगै सुत्न नमान्ने, छिमेकीहरूसमेत डिस्टर्ब हुने तथा साथीभाइले गिज्याउने जस्ता समस्या झेल्नुपर्ने हुन्छ ।

अमेरिकन चिकित्सकहरूले सामान्य सावधानी अपनाएको भरमा घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेका छन् ।

यसका लागि शल्यक्रिया र कुनै पनि औषधिको सेवन गर्न आवश्यक हुँदैन ।

सामान्य व्यायामको भरमा घुर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

‘चेष्ट’मा प्रकाशित गरिएको अनुसन्धानका अनुसार मुख र जिब्रोको सामान्य व्यायामले मानिसहरूमा ३६ प्रतिशतमा घुर्ने समस्याबाट पूर्ण मुक्ति मिल्छ भने ५९ प्रतिशतको घुर्दा निस्किने आवाजमा कमी आउने पाइएको छ ।

यी व्यक्तिमा भने यसको असर नदेखिन पनि सक्छ ।

अमेरिकाको युनिभर्सिटी अफ केन्टुकी कलेज अफ मेडिसिनमा स्लिप ल्याबोरेटरीका चिकित्सा निर्देशक बारबारा फिलीपले घुर्ने समस्यासँग जुझिरहेका करौडौं मानिसहरूको लागि यो अध्ययनको निष्कर्ष निकै नै उपयोगी हुने बताएका छन् ।

घुर्ने समस्यामा रहेका ३९ जना मानिसमा गरिएको अध्ययन निकै नै प्रभावकारी असर देखियो ।

केहीले पूर्णरुपमा घुर्न छाडे भने केहीको आवाज विस्तारै कम हुँदै गयो ।

घुर्ने समस्याबाट पीडित भएकाहरूले जिब्रोलाई माथिल्लो तालुपट्टी घुमाउएर, फेरि यथास्थानमा ल्याउनु होस् ।

जिब्रोको टुप्पोलाई दाँतको मुनीतिर घुमाउएर जिब्रोको पछिल्लो भागलाई माथि उठाई ठूलो स्वरमा ‘ए’ उच्चारण गर्नु होस् ।

यो प्रकियालाई बारम्बार दोहोर्‍याएर दिनकै ४ देखि ५ पटक गर्नुहोस्, घुर्ने समस्यामा विस्तारै कमी आउने गर्छ ।

Loading...