रियल मड्रिडविरुद्धको खेलबाट साने मैदान फिर्ने

एजेन्सी, ३ माघ । इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लेरियो साने च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडसँगको दोस्रो लेगको खेलबाट मैदान फिर्ने सम्भावना रहेको छ ।

sane

लामो समय घाइते भइ मैदानबाहिर रहेका साने च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगबाट मैदान फर्किने क्लबको अपेक्षा रहेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ मा सिटीले स्पेनिस क्लब रियल मड्रिडको सामना गर्नेछ ।

पहिलो लेगको खेल रियलमै मैदानमा हुनेछ भने दोस्रो खेल सिटीको मैदानमा हुनेछ ।

बेलायतको समाचारपत्र ‘द टेलिग्राफ’का अनुसार साने मार्च १७ मा हुने रियलविरुद्धको दोस्रो खेलबाट मैदान फिर्नेछन् ।

पहिलो लेगको खेल भने फेब्रुअरी २६ मा हुनेछ । जर्मनका मिडफिल्डर साने अगस्ट महिनामा घाइते भएका थिए ।

एफए कपको फाइनल खेल सिटीले जित्दा उनी घाइते भएका थिए ।

लिभरपुललाई पेनाल्टीमा हराउँदै सिटीले एफए कपको उपाधि उचालेको थियो ।

त्यसपछि उनी खेलमा फर्किएका छैनन् ।

तर, क्रिस्मसअघि अभ्यास खेलमा भने उनी देखिएका थिए ।

तर, अब रियलविरुद्धको खेलबाट मैदानमा फिर्नेमा साने आफैं पनि विश्वस्त रहेको ‘द टेलिग्राफ’ले जनाएको छ ।

Loading...