लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

मोरङ, ३ माघ । पूर्व–पश्चिम राजमार्गको मोरङको बेलबारी नगरपालिका– १० लक्ष्मीमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा परी कानेपोखरी गाउँपालिका–२ का प्रेम दर्जीको मृत्यु भएको हो ।

शुक्रबार बिहान साँढे ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१६प १५९१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा चालक झापा दमक–१ का २५ वर्षीय हरिबहादुर बि.क र पछाडि सवार कानेपोखरी गाउँपालिका–२ का २८ वर्षीय दर्जी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको थियो ।

दर्जीको उपचारका क्रममा बिहान ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

Loading...