ब्राउन सुगरसहित २ जना समातिए

झापा, ३ माघ । झापाको कन्काई नगरपालिका–३ सुरुङगाबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले सुरुङगाकै एक होटलमा बसेका २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका–१ का २५ वर्षीय नितेन कार्की र बिर्तामोड नगरपालिका–३ का ३९ वर्षीय राजनप्रसाद उप्रेती रहेका छन् ।

उनीहरूलाई ३५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Loading...